१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका सबैभन्दा पुराना सदस्य श्रेष्ठ सम्मानित

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पार्टीका सबैभन्दा पुराना सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ। सभापति गगनकुमार थापाले श्रेष्ठलाई सम्मान गरेका हुन्। 

श्रेष्ठले २००७ साल चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन कांग्रेस सभापति मातृकाप्रसाद कोइरालाबाट पार्टीको प्राथमिक सदस्यता लिएका थिए। सदस्यता प्रमाणपत्रमा गुल्मी तम्घास साहु टोलका श्रेष्ठलाई वार्षिक एक रुपैयाँ वा २५ मोरु चन्दा लिएर सदस्य बनाइएको उल्लेख छ।

हाल ९४ वर्ष पुगेका श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय समितिले यसअघि नै प्रजातन्त्र सेनानीका रूपमा सम्मान गरिसकेको थियो। कांग्रेस गुल्मी र कांग्रेस लुम्बिनी प्रदेशले पनि उनलाई सम्मान गरिसकेका छन्।

हालसम्म उपलब्ध सदस्यतामध्ये श्रेष्ठको सदस्यता सबैभन्दा पुरानो रहेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०८३ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App