१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्छ : चन्द्र भण्डारी

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी महाधिवेशनमा जानुको विकल्प नभएको बताएका छन्। गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताए।

‘अब महाधिवेशनमा जानु पर्दछ, विगतका मापदण्ड बदल्नु पर्दछ। गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाटक अब चल्दैन। नेतृत्व कसीमा उत्रनु पर्दछ।’

उनले अब अलमल गर्नु नहुने भन्दै खरानी हात परेको सफा अब गर्नैपर्ने बताए।

प्रकाशित: २ कार्तिक २०८२ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App