९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताले भनिन् : पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सनु हुँदैन

संयोजक पुष्पकमल दाहालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै रञ्जिता श्रेष्ठले उचाइमा पुगेपछि विगत र सहयोग बिर्सन नहुने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै उनले यस्तो बताएकी हुन्। उनले खुला आकाशमा उडिरहेको चराले पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सन नहुने उल्लेख गरेकी छन्।

‘किनकि उडान सधैँ उचाइतर्फ मात्र हुँदैन, समयले दिशा बदल्न पनि बेर लगाउँदैन,’ उनले लेखेकी छन्।

आज जसलाई आफ्नो पखेटामाथि सबैभन्दा बढी भरोसा छ, उसले पनि उचाइमा पुग्नु सामर्थ्य भए पनि त्यहाँ टिकिरहनु विवेक भएको बुझ्नुपर्ने उनको भनाइ छ।

‘शिखरमा पुगेपछि धरातल बिर्सनेहरूलाई समयले फेरि जमिनको यथार्थ सम्झाउन सक्छ,’  ‘लाल सलाम, कमरेडहरू’ भन्दै अभिवादन गर्दै श्रेष्ठले भनेकी छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App