नेकपा एमालेका सचिव महेश बस्नेतले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध नगराएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
बस्नेतले नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको बताएका छन्। उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई उद्धृत गर्दै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसिया च्याम्पियन तथा उपमहादेशीय प्रतियोगितामा विजेता, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार उपलब्ध गराएको बताए।
तर, अहिले बालेन नेतृत्वको सरकारले खेलाडीलाई पुरस्कार उपलब्ध गराउन नसकेको बस्नेतको आरोप छ।
‘हिजो केपी ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँ भनाउँदाहरूले आज यसको जवाफ दिनुपर्दैन?’ उनले प्रश्न गरेका छन्।
खेलाडीको पक्षमा रहेको बताउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै बस्नेतले खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको बताएका छन्।
‘खेलाडीको पक्षमा छु भन्ने ओठे भक्ति होइन, खेलाडीले पाउनुपर्ने पुरस्कार, सेवा, सुविधा र सम्मान उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो,’ बस्नेतको सामाजिक सञ्जालमा लेख्दै भनेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १३:१६ सोमबार


-600x400.jpg)

-600x400.jpg)
