७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।

उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यस्तो बताएकी हुन्। उनले आफ्नो सामर्थ्य प्रमाणित गर्न र आफ्नो निर्णयको औचित्य पुष्टि हतार नगर्ने बताइन्। 

उनले लेखेकी छन्, 'म आफ्नो सामर्थ्य प्रमाणित गर्न हतार गर्दिनँ, न त आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिन्छु। मेरो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिष्टतालाई विवशता ठान्नेहरूले समयसँगै बुझ्नेछन्- म परिस्थितिअनुसार चल्ने होइन, परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु।'

प्रकाशित: ७ कार्तिक २०८३ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App