२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

शिक्षा, प्रविधि तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन्। उनको नियुक्तिलाई शिक्षा प्रणाली सुधार, नीतिगत विकास र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

झा हाल अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप २०२५–२६ अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका थिए। यसअघि उनले काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तनसम्बन्धी बोर्ड सदस्यका रूपमा कार्य गर्दै शिक्षा नीति निर्माण, अनुसन्धान तथा नवप्रवर्तनका विभिन्न कार्यक्रमको नेतृत्व गरेका थिए।

टिचर्स फर नेपालमा करिब आठ वर्ष विभिन्न जिम्मेवारी सम्हालेका झाले शिक्षक व्यवस्थापन, नेतृत्व विकास तथा संस्थागत रणनीति निर्माणमा उल्लेखनीय योगदान दिएका छन्। उनी बीआईटीएस लिडर इन्टरनेशनल प्रा.लि.का संस्थापक अध्यक्षसमेत हुन्।

जर्मनी, फिलिपिन्स र बंगलादेशबाट उच्च शिक्षा हासिल गरेका झाले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। मन्त्रालयमा उनको नियुक्तिसँगै डिजिटल शिक्षा, सीपमूलक शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण र शिक्षा सुधारले थप गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ असार २०८३ १९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App