२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

रविप्रति शाहीको कटाक्ष: भगौडाहरूले सहकारी डुबाएर नयाँ पार्टी खोले

नेकपा (एमाले) का सांसद दयाल बहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका प्रति कटाक्ष गरेका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले लामिछानेका प्रति कटाक्ष गरेका छन्।

लामिछानेलाई 'भगौडा'को संज्ञा दिँदै शाहीले अहिले सहकारी डुबाएर नयाँ पार्टी खोलेको आरोप लगाए। 'सङ्कटकालमा देश छोडेर विदेश गएका भगौडाहरूले अहिले नयाँ पार्टी खोले, सहकारी डुबाएर। र, तामझामसहित जीबी राईको पैसाले बर्खाका च्याउहरू उम्रिए,' उनले भने।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले संसद् बहिष्कार गरिरहेको छ। यही प्रसङ्ग निकाल्दै शाहीले त्यसलाई नौलो मान्न नपर्ने बताए। 'अहिले जो संसद् बहिष्कारको आवाज छ, जसलाई निष्ठा हुँदैन, जसको मेहनत परेको हुँदैन। उसले बहिष्कार गर्नु, संसदीय अभ्यासलाई बेवास्ता गर्नु, नौलो होइन,' उनले भने।

प्रकाशित: १९ श्रावण २०८२ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App