राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गको स्तरोन्नति एवं कालिकोटको नाग्मदेखि मुगुको गमगढीसम्म सडक कालोपत्रे गर्नका लागि भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत शाहीले उक्ता जानकारी दिएका हुन्। उनले उक्त सडकको एआइ, डिपिआर, वाल निर्माण पुल निर्माण सम्पन्न भइसकेका र अब बाँकी कालोपत्रे मात्र रहेको बताए। उनले विगत तीन वर्षदेखि सिजाँमा ६ किलोमिटर बाटो पिच, जुम्ला जाजरकोट सडकको जुम्ला तर्फबाट बाटो पूर्ण रूपमा कच्ची बाटो खनिएको, जुम्ला सदरमुकामदेखि नाकमासम्म ३२ किलोमिटर बाटो कालोपत्रसहित स्तरोन्नति साथै पुल निर्माण, जुम्ला सदरमुकाम खलङ्गादेखि तलफी, पेरेसम्म यो वर्ष करिब १० करोड छुटाइएको बताए।
शाहीले जुम्लाकोट जाने बाटो स्तरोन्नति एवं तिलाखोला पुल निर्माण सम्पन्न ,सिन्जा क्षेत्रमा पाँचवटा पुल निर्माण हुनुपर्नेमा तीनवटा पुल निर्माण सम्पन्न भएका बताउँदै उनले दुईवटा पुल जग्गा विवादका कारण रोकिएको जानकारी मन्त्री घिसिङलाई गराए।
उनले जुम्ला सदरमुकाम खलङ्गाभित्रको बाटो बजेट परे पनि ठेकेदारले अलपत्र पारेका बताए। यस्तै उनले ठेकेदारलाई छिटोभन्दा छिटो काम गर्न र यदि काम गरेनन् भने कानुनी कारबाही गर्नका लागिका लागि घिसिङसमक्ष आग्रह समेत गरेका छन्।
उनले भने, 'जुम्ला सदरमुकाम खलङ्गाभित्रको बाटो बजेट परे पनि ठेकेदारले अलपत्र पारेका छन्। ठेकेदारलाई छिटो भन्दा छिटो काम गर्न यदि काम गरेनन् भने कानुनी कारबाही गर्नका लागि भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छौं।'
प्रकाशित: ३० आश्विन २०८२ १८:२९ बिहीबार





