१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री नियुक्ति खारेज माग्दै सात दलको धर्ना

मधेस प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका नेता सरोज कुमार यादव असंवैधानिक नियुक्ति खारेजको माग राखी सात दलका सांसदसहित कार्यकर्ताको शान्तिपूर्ण धर्ना सुरु भएको छ। 

मधेस सरकारको मुख्यालय रहेको मधेस भवनको २ नम्बर गेटमा बुधबार बिहानैदेखि सडकमा शान्तिपूर्ण धर्ना सुरु भएको हो।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित कार्यकर्ताहरू मुख्यमन्त्री नियुक्ति विरुद्ध धर्ना दिएका छन्।

मंगलबार साँझ शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सातै दलले गए राती नै विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको थियो। जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामशष यादवले अदालतको अन्तरिम आदेशप्रति सन्तुष्टि जनाए। 

तर ७४ सांसदको हस्ताक्षर सहित परेको रिटमा अवैधानिक तरिकाले नियुक्त भएको मुख्यमन्त्री बर्खास्त हुनुपर्ने माग गरेका छन्। कानुनी र सडकबाट अधिकार प्राप्त गर्ने उद्देश्यले प्रदर्शन गरिरहेको बताए।

नवनियुक्त मुख्यमन्त्री यादव आज बिहानै काठमाडौं प्रस्थान गरेका छन्। उनी हिजो प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न बिहान प्रादेशिक अस्पतालमा पनि पुगेका थिए। तर घाइतेहरू हिजो राती नै घर फर्किसकेका थिए।

मुख्यमन्त्री यादव गए राती मधेस भवनको मुख्य प्रवेश द्वारबाट प्रवेश नगरी लुकाएर पछाडिको बाटोबाट पुगेर पदभार ग्रहण गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०८२ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App