२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

श्रम संस्कृतिबाट कोशीमा सुदनलाई मुख्यमन्त्री बनाउन साम्पाङले मागे राय

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गरेका छन्।

किरातीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्दै उनले राय मागेका छन्। गत शुक्रबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका हुन्।

उनले लेखेका छन्, ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला? आफ्नो राय दिनुस् त!’

प्रकाशित: २७ वैशाख २०८३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App