१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सागर ढकालको गुनासो : सिनियर पार्टी लिडर मिडियाकै लहैलहैमा लाग्नु भयो

सांसद सागर ढकालले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार मानवीय हिसाबले आंशिक सफल भए पनि इन्जिनियरिङ दृष्टिले ठूलो सफलता भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद ढकालले यस्तो बताएका हुन्। उनले उद्धार अभियानमा फिल्डमा सबैको सहयोग र सहकार्य रहेको उल्लेख गर्दै सञ्चार माध्यममा फैलिएको नकारात्मकताले काममा केही हदसम्म बाधा पुगेको बताए।

उनका अनुसार केही वरिष्ठ राजनीतिक नेतृत्वसमेत मिडियामा आएका नकारात्मक सूचनाको प्रभावमा परेको अवस्था देखिएको थियो।

ढकालले उद्धार कार्यमा अझै २४ घण्टा ढिलाइ भएको भए अवस्था असफलतातर्फ जान सक्ने भन्दै अन्तिम समयमा भगवानले साथ दिएको बताए। उनले देश निर्माणका लागि सकारात्मक सोच आवश्यक रहेको भन्दै फिल्डमा रातदिन खटिनेहरूको आलोचना वा मजाक घरभित्र बसेर नगर्न पनि आग्रह गरेका छन्।

उद्धार अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले भने, ‘देश साँच्चै बनाउन मन छ भने सकिन्छ, सकारात्मक सोचौँ।’

प्रकाशित: १९ भाद्र २०८३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App