१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

तस्बिर : सागर दाहालको फेसबुकबाट

राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। 

शनिबार भएको जिल्ला अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम राति अबेर सार्वजनिक भए अनुसार दाहालले १४२ मत ल्याएर विजयी भएका हुन्। दाहाल यसअघि पनि तदर्थ समितिका संयोजक थिए।

सभापतिका प्रतिस्पर्धी अन्य उम्मेदवार कृष्ण रौनियारले ७४, मोहन निरौलाले ६२ र चक्र विष्टले १० मत प्राप्त गरेका छन्। यस्तै, उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मत ल्याएर विजयी भएका छन्। उपसभापतिकी उम्मेदवार देविका भण्डारीले ७४ मत ल्याइन्।

निर्वाचनबाट सचिवमा राजारामकुमार मेहता सर्वसम्मत चयन भएका छन्। सहसचिवमा पनि योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमबीर आर्य र गोकुल थापा निर्वाचित भएका छन्।

अधिवेशनका क्रममा शनिबार साँझ र विवादसँगै हातहालाहालका बीच पार्टी नेतृत्वको हस्तक्षेपपछि निर्वाचन भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८३ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App