राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा साङ्गठनिक गतिविधि र विस्तारका विषयमा छलफल हुनेछ। बैठकका लागि मुख्यतया दुईवटा कार्यसूची तय गरिएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषयमा छलफल हुनेछ। पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा बैठक बस्न लागेको रास्वपाले जनाएको छ।
प्रकाशित: १९ पुस २०८२ १८:०३ शनिबार





