२८ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

मतदाता नामावली विवादले रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीसम्बन्धी विवादका कारण स्थगित भएको छ। निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहान मतदान प्रक्रिया सुरु गरे पनि प्रतिनिधिहरूबीच नामावलीलाई लिएर असन्तुष्टि देखिएपछि अधिवेशन रोकिएको हो।  

अधिवेशनस्थलमा मतदाता सूचीमा समावेश गरिएका तथा छुटेका नामबारे प्रश्न उठेपछि विवाद चर्किएको थियो। त्यसपछि निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गर्दै कार्यक्रमस्थल खाली गर्न निर्देशन दिएको थियो।  

अधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार उनीहरू मंगलबार बेलुकादेखि मतदानमा सहभागी हुन उत्साहपूर्वक उपस्थित भएका थिए। प्रारम्भिक तालिका अनुसार मतदान हुन नसकेपछि बुधबार बिहान ८ बजेदेखि प्रक्रिया अघि बढाइने जानकारी दिइएको थियो। तर अन्तिम मतदाता नामावलीलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो।  

रास्वपाको संगठन विस्तार अभियानअन्तर्गत प्रदेश अधिवेशनहरू सञ्चालन भइरहेका बेला बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। 

 

प्रकाशित: २७ जेष्ठ २०८३ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App