२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सुनसरी घटनाले रास्वपा सभापति लामिछाने स्तब्ध : निष्पक्ष छानबिन गर्न सरकारसँग माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

यी घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिंगो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उनको भनाइ छ। पार्टी सभापति लामिछानेद्वारा जारी विज्ञप्तिमा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षहरूलाई अपिल गरिएको छ। साथै, उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेका छन्।

तत्काल शान्ति सुरक्षा कायम गर्न, जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्य बनाउन पार्टीले सरकार र स्थानीय प्रशासनसँग सहजीकरण गरिरहेको दाबी समेत गरेका छन्। सभापति लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।

घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्दै उनले स्थानीय समितिका सदस्यहरूलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।

विज्ञप्ति हेर्नुस्

प्रकाशित: १२ श्रावण २०८३ १७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App