राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसिरहेको छ । भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेटेपछि रास्वपाको बैठक बसेको हो ।
बैठकले संसदमा पार्टीको भूमिका, भिजिट भिषा प्रकरण, संसदमा विचाराधिन विधेयकबारे पार्टीको धारणालगायत विषयमा कुराकानी भइरहेको छ ।
नेताहरुका अनुसार, बैठक लगत्तै सांसदहरु भैरहवामा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् । बिहीबार उनीहरु आगामी कार्तिक १७ गने हुने उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा केन्द्रित हुनेछन् ।
प्रकाशित: १४ श्रावण २०८२ १४:३५ बुधबार





-600x400.jpg)