२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीको बचाउ गर्दै रास्वपा सांसद सुनार : नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन

बजेटमा करको दर हेरफेर गरिएको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन्।

शुक्रबार संसद्‌मा बोल्दै सांसद सुनारले अर्थमन्त्रीमाथि लगाइएका आरोप र टिकाटिप्पणीप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। राज्य व्यवस्था विधि विधान, अन्तर्राष्ट्रिय मान्यता र आफ्नै परम्पराअनुसार चल्ने उल्लेख गर्दै उनले विगतका परम्परालाई टेकेर कतै भएका त्रुटि सच्याउने काम मात्र गरिएको दाबी गरे।

विगतका परम्परामा आधारित भएर गरिएको कामलाई लिएर विरोध भइरहेको भन्दै उनले भने, ‘व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टिकाटिप्पणी र जसरी लाञ्छना लगाइएको छ, यो प्रति हामी गम्भीर छौँ।’

सांसद सुनारले कर हेरफेरमा कुनै बदमासी नभएको दाबी गर्दै यस विषयमा छानबिन समिति गठन गर्न आवश्यक नरहेको स्पष्ट पारे। सदनको ध्यानाकर्षण गराउँदै उनले थपे, ‘घाम जस्तै छर्लंग भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्।’

प्रकाशित: २९ जेष्ठ २०८३ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App