२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

महाधिवेशनको मुखमा पनि हुन सकेन रास्वपाको जिल्ला र प्रदेश अधिवेशन

गएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशको ३२ वटा निर्वाचन क्षेत्र मध्ये ३१ वटा क्षेत्रबाट निर्वाचिन बनेर रास्वपामय मधेस प्रदेशलाई बनाएका सांसदहरुलाई आफ्नै पुराना नेता कार्यकर्ताले विश्वास नगरेको अवस्था देखिएको छ।

मधेस प्रदेशका जिल्लाहरुमा सांसद र संस्थापक बिच जिल्ला अधिवेशनमा हाना हानको अवस्था आए पछि जिल्ला अधिवेशनहरु हुन सकेको छैन।

जिल्ला अधिवेशनहरु हुन नसक्दा महाअधिवेशनमा जिल्लाबाट छानिने महाधिवेशन प्रतिनिधिहरुलाई अर्को माध्यमबाट छनौट गरेर महाधिवेशनमा सहभागि गराइने बताइएको छ।

रास्वपाले  अषार ७, ८ र ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्न लागेको छ।

प्रथम महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधिलाई जिल्ला अधिवेशन छनौट गर्नु पर्ने रास्वपाका नेताहरुले बताउँछन्।

मधेस प्रदेशमा  बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरि आठवटा जिल्लाहरु रहेका छन्।

प्रदेश भरिमै पर्सा जिल्ला बाहेक अन्य सात वटै जिल्लाहरुमा अधिबेशन हुन नसके पछि मधेस प्रदेशको अधिबेशन हुन अनिश्चित बनेको छ।

रास्वपाका मधेस प्रदेश समितिका सह महामन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य गनेश धिमालले अधिवेशन नभएको जिल्लाहरुबाट बिभिन्न तरिकाले महाधिवेशन प्रतिनिधि छनौट गरिएको बताएका छन्।

जिल्ला अधिवेशन नभएको जिल्लामा भएको गाउँपालिका , पालिका  र क्षेत्रीय अधिवेशनबाट प्रतिनिधीहरु छनौट गरिएको बताए।

गाउँपालिककाबाट एक जना र पालिककाबाट दुई जना र उपमहानगरापालिकाबाट ३ जना प्रतिनिधिहरु छनौट गरिने व्यवस्था गरिएको उनले बताए।  

महाधिवेशन प्रतिनिधि छनौटमा पालिका सभापतिहरुलाई अनिवार्य गरिएको बताइएको छ। प्रत्येक जिल्लामा रहेका चारवटा क्षेत्रिय सभापतिहरु र फरक प्रदेश पर्ने गरि उपसंयोजकहरु महाधिवेशन प्रतिनिधीको लागि छनौट गरिएको धिमालले बताए।

बारा जिल्लाबाट शुरु भएको रास्वपा बिचको संस्थागत र नयाँ भित्रिएका बिचको किचलो र आन्तरिक कलहले जिल्ला अधिवेशनहरुमा कुटाकुट र हानाहान शुरु भए पछि जिल्ला अधिवेशन र प्रदेश अधिवेशन रोक्नु परेको बताइएको छ।

संस्थागत र नयाँ कार्यकर्ता बिच सातवटै जिल्लामा झडपको अवस्था सृजना भए पछि रास्वपा केन्द्रिय निर्वाचन आयोगले अर्को सूचना नआएसम्मको लागि सातै जिल्लामा अधिबेशन स्थगित गर्नु परेको थियो ।  

गत जेठ २३ गते रास्वपा पर्साको  जिल्लाका अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भएर दाबि बिरोधको लागी छुट्याइएको समयमा कार्यकर्ताहरु बिच हानाहान भएको थियो। हनाहान भए पनि  निर्वाचनको प्रक्रिया एक दिन लम्बिएको थियो ।  

त्यहाँ अधिबेशन प्रतिनिधिमा बिबाद देखिए पछि २४ गते केन्द्रिय संगठन बिभागका सचिब शंकर श्रेष्ठ वीरगन्ज आएका थिए।  

वीरगन्ज पुगे पछि सचिव श्रेष्ठले  एक होटलमा पर्साका चारै ओटा निर्वाचन क्षेत्रका साँसदहरु र निर्वाचन प्रमुख डा नन्द्न यादबसँग छलफल गरेर सहमतिमा  विवाद मिलाएका थिए।

सहमति पछि निर्वाचन प्रक्रियामा जाँदा जिल्ला सभापतिको संस्थापन पक्षबाट पर्सा क्षेत्र  न १ का सांसद तथा संस्थापक सभापति हरि पन्त र २ का सांसद सुशील कानुबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

पन्त र कानु बिच प्रतिस्पर्धा हुँदा  रास्वपाका संस्थापक सभापति  एबम पर्सा १ का सांसद हरि पन्तले सुशील कानुलाइ ४८ मतको फराकिलो मतअन्तरले  आफ्ना पुरै प्यानल लाई नै बिजय गराएका थिए ।  

अन्य ७ वटा जिल्लामा भने ठाउँ ठाउँमा भएको  पटक पटकको झडप र बिबादको कारण जिल्ला अधिबेशन रोकिएका थिए । यसरी अन्य सातै वटा जिल्लामा असामान्य रुपमा झडप हुन थाले पछि जेष्ठ २६ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्वाचन आयोगले सूचना नै जारी गरेरै  निर्वाचन , प्रतिनिधि छनौट , प्रचारप्रसारमा लगायत अधिबेसन सम्बन्धि सम्पुर्ण गतिविधिहरु अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरेको थियो ।

मुख्य त मधेसका निर्बाचित साम्सदहरु चुनाव ताका मात्रै टिकट लिएर चुनाव लडेकाले  पार्टीका पुराना नेता कार्यकर्तासँग नजिक हुन नसक्नु मुख्य कारण रहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेसका सातवटै जिल्लामा कार्यकर्ताहरु बिच अधिवेशनका झडप र हानाहान हुनुको पार्टीका नयाँ प्रवेशीहरुले प्रतिनिधी सभाको निर्वाचनमा टिकट लिएर जितेर जानु र पुराना कार्यकर्ताहरुले पार्टीमा गरेको लगानीको मुख्याकन नहुनु रास्वपाका पुराना नेता तथा कार्यकर्ताहरुको गुनासो रहेको छ ।

प्रकाशित: ५ असार २०८३ १८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App