१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको घन्टीघर, चमती, वनस्थलीमा बैठक बस्न लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुने कार्यसूची छ।

यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियान, मधेस प्रदेश संगठनको अडिट रिपोर्ट तथा विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

बैठकका कार्यसूची:

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन।
विभागीय प्रमुख र उपप्रमुख मनोनयन।
केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान।
मधेस प्रदेश संगठनको अडिट रिपोर्ट।
विविध।

प्रकाशित: १७ आश्विन २०८३ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App