८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

वनस्थलीस्थित पार्टी कार्यालयमा अहिले केहीबेर अघि सुरु भएको बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन लगायत विविध विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौ वा असोजभित्रै महाधिवेशन गर्ने तयारी अनुसार महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउनेबारे आज छलफल हुनेछ।

बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

प्रकाशित: ३० वैशाख २०८३ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App