२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सर्लाहीमा रास्वपाको क्लिन स्विप

सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै क्लिन स्विप गरेको छ।

जिल्लाका चारै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्। क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नितिमा कार्की ४४,१८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका रबिन महतो विजयी भएका छन्। उनले लगातार छ पटक चुनाव जितेका नेकपाका नेता महेन्द्र यादवलाई पराजित गर्दै ४२,५१२ मत प्राप्त गरेका छन्।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरेका हुन्। पराजित यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ३ मा रास्वपाका नरेन्द्र कलवार ४६,८९० मतसहित विजयी भएका छन्। उनले नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेका हुन्।

यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाका डाक्टर अमरेश सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै ३५,६८८ मत प्राप्त गरेका छन्।

सार्वजनिक सिंहले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८ सय ३१ मतमा चित्त बुझाएका छन्। उनीहरूबीच १२ हजार ८ सय ५७ मतको फराकिलो अन्तर कायम भएको छ।

यस जितसँगै सर्लाही जिल्लाका चारवटै क्षेत्रमा रास्वपाले क्लिन स्विप गर्दै नयाँ राजनीतिक सन्देश दिएको छ ।

प्रकाशित: २४ फाल्गुन २०८२ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App