२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

आङदेम्बेको शब्दप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै आङदेम्बेले सदनमा प्रयोग गरिएका ‘संसद्को चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ शब्दहरू अशिष्ट, अपमानजनक तथा संसद्को गरिमा घटाउने प्रकृतिका भएको भन्दै संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरिन्।  

प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले संसदमा अशिष्ट, अश्लील तथा अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था रहेको भन्दै सत्तापक्षका सांसदहरूलाई ‘मुर्दा लास’ को संज्ञा दिनु अनुचित भएको बताइन्।  

‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ। हामी कुन विषयमा बोल्ने र कुन विषयमा नबोल्ने भन्नेमा सचेत र जिम्मेवार छौँ,’ बास्कोटाले भनिन्।  

कांग्रेस नेता आङदेम्बेले प्रतिनिधिसभामा बोल्दै सभामुख डिपी अर्यालको भुमिकामा समेत प्रश्न गरेका थिए। आङदेम्बेले ‘संसद्को चिरहरण भइरहँदा सभामुखको कुर्सी टुलुटुलु हेरेर बस्न बाध्य भएको अवस्था देखिएको’ भन्ने अभिव्यक्ति दिएका थिए।  

प्रकाशित: २७ जेष्ठ २०८३ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App