२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले महाधिवेशनबाट राजनीतिक वैधता पाएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनले राजनीतिक वैधतालाई थप सुदृढ बनाउने काम   भएको बताएका छन्। 

उनले पार्टीका विचार, नीति, दस्तावेज, योजना र समाजलाई कुन दिशामा लैजान खोजिएको छ भन्ने विषय नै सबैभन्दा महत्वपूर्ण रहेको बताए । जनताले रास्वपाको राजनीतिक दृष्टिकोण बुझिसकेको भन्दै उनले अब महाधिवेशनबाट पार्टीले संस्थागत राजनीतिक वैधता प्राप्त गरेको बताएका छन्।  

लामिछानेले रास्वपाको मूल मिसन, भिजन, अवधारणा र लक्ष्य पहिलेकै रहेको भन्दै ती विषयलाई अझ परिपक्व, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाइने बताए। उनले पार्टीको आधारभूत सोचमा कुनै परिवर्तन नभएको, बरु त्यसलाई थप मजबुत बनाउँदै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए। 

उनले रास्वपा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामै रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढाउने बताएका हुन्।  

यसैबीच, लामिछानेले वर्तमान सरकारले सय दिनको अवधिमा सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै सुशासन प्रवर्द्धन तथा नागरिकलाई सहज र प्रभावकारी सेवा–सुविधा उपलब्ध गराउने विषयमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए।  

प्रकाशित: १९ असार २०८३ १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App