१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको अर्ग्यानिक स्याउ बाँडेर सुरु भएको छ।

बिहीबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेले उपस्थित केन्द्रीय सदस्यहरूलाई स्याउ वितरण गर्दै बैठकको सुरुवात गरेका हुन्।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सभापति लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजेदेखि चमतीस्थित घन्टीघरमा बैठक बसिरहेको छ।

बैठकमा आगामी राजनीतिक अभियान, चुनाव र आन्तरिक साङ्गठनिक विषयमा महत्त्वपूर्ण छलफल भइरहेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

प्रवक्ता खरेलका अनुसार बैठकमा मुख्यगरी पाँचवटा कार्यसूची तय गरिएका छन्। जसमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन गर्ने विषय बैठकको पहिलो एजेन्डा रहेको छ।

यसैगरी, पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिन विभागीय प्रमुख र उपप्रमुख मनोनयन गर्ने विषयमा पनि छलफल भइरहेको छ।

रास्वपाले देशव्यापी रूपमा ‘हामी आउँदै छौं’ नामक विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा सञ्चालन हुने उक्त अभियानको मोडालिटीबारे पनि आजको बैठकले ठोस निर्णय लिनेछ।

यसका साथै, बैठकमा मधेस प्रदेश सङ्गठनको ‘अडिट रिपोर्ट’ प्रस्तुत गरिनुका साथै समसामयिक राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८३ १६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App