फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। मंगलबार पार्टीले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन्।
यद्यपि यथास्थितिमा हुने निर्वाचनबाट देशले निकास नपाउनेमा राप्रपा प्रस्ट रहेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन्। ‘यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रस्ट छौँ,’ उनले भनेका छन्, ‘तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ।’
प्रकाशित: ९ मंसिर २०८२ १३:४४ मंगलबार





