राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन्।
बिहीबार बसेको समितिको बैठकमा उनले सुकुम्वासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका हुन्।
सुकुम्वासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनले यस विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्टीकरण दिनुपर्ने बताए।
तत्कालिन गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह मन्त्रालय पनि आफैले सम्हालेका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ १४:५४ बिहीबार





