२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपाले सार्वजनिक गर्‍यो उमेदवार छनोट विधि, यस्ता छन् ४ मुख्य आधार

प्रारम्भिक निर्वाचनलाई ५० प्रतिशत मतभार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचन र भविष्यका निर्वाचनहरूका लागि हुने उमेदवार छनोट विधि सार्वजनिक गरेको छ। 

पार्टीले लोकतान्त्रिक, वैज्ञानिक र पारदर्शी प्रक्रियामार्फत योग्य र सक्षम उम्मेदवार चयन गर्ने उद्देश्यले यो विधि तयार पारेको जनाएको छ।

सार्वजनिक विधिअनुसार उमेदवारको अन्तिम छनोटमा प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई सबैभन्दा बढी ५० प्रतिशत मतभार दिइएको छ। ‘यस्तो विधिबाट मात्र देश र जनताप्रति प्रतिबद्ध, योग्य र सक्षम उम्मेदवार चयन हुन सक्ने पार्टीको विश्वास छ,’ प्रस्तावनामा भनिएको छ।

उमेदवार छनोटका लागि चार मुख्य पक्षलाई आधार मानेर १०० प्रतिशतको कारक मूल्याङ्कन विधि अपनाइनेछ। चार पक्षहरुमा प्रारम्भिक निर्वाचन (५०%), लिडरशिप एकेडेमीको नतिजा (२५%), पोलिटिकल प्रोक्सिमिटी (२०%) र समावेशिता (५) छन्।

रास्वपाले प्रारम्भिक निर्वाचनमा ‘नो भोट’ को व्यवस्था पनि गरेको छ। यदि नो भोटमा सबैभन्दा बढी मत खसेमा, प्रतिस्पर्धामा रहेका सबै उमेदवारहरूको उम्मेदवारी स्वतः खारेज हुनेछ र उक्त क्षेत्रमा नयाँ उम्मेदवार छानेर पुनः मतदान गराइनेछ।

प्रकाशित: १ श्रावण २०८२ १७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App