८ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे

फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्।

राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिए।

‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App