१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

आज गणतन्त्र दिवस : टुँडीखेलमा विशेष कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने

आज (शुक्रबार) गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आइएको छ।

साथै सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ।

सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नेछन्। यसअघिका वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको थियो। तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८३ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App