प्रतिनिधि सभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधि सभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन्।
उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए।
यसअघि ३० दफा रहेको उक्त विधेयकका नौ दफामा संशोधन र एउटा दफा परिमार्जन गरी समितिले सर्वसहमतिले पारित गरेको थियो।
उक्त विधेयकमाथि १३ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
प्रकाशित: १ आश्विन २०८३ १७:२२ बिहीबार





