काठमाडौं महानगरपालिकाले आफ्ना कार्यालयमा दिउँसोको खाजा समयमा पनि सेवा प्रवाह गर्ने भएको छ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयहरूमा कार्यरत कर्मचारीलाई आलोपालो कार्य विभाजन गरी सेवाग्राहीलाई निरन्तर सेवा उपलब्ध गराउने महानगरले जनाएको छ।
सेवा प्रवाहमा कुनै समस्या वा गुनासो भए सेवाग्राहीले टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी आफ्ना गुनासा टिपाउन अनुरोध गरेको छ ।
प्रकाशित: १९ चैत्र २०८२ १२:३२ बिहीबार

