१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रवि भन्छन्: मैले बोल्ने समय आउँदैछ, बोल्नुपर्ने धेरै छ, देशले चाँडै न्याय पाउँछ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय आउँदै गरेको बताएका छन् । उनले देशमाथि भएको अन्यायका सामू आफूमाथिको अन्याय नगन्य भएकाले चाँडै देशले न्याय पाउने पनि दावी गरे ।  

अदालतले थुनामुक्त हुन आदेश दिएपछि बुटबल पुगेका रविले आफूले समय आए पनि मज्जाले बोल्ने दावी गरे । उनले भने, ‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । त्यसको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला । आजलाई म यत्तिमात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी नै छ ।’

समर्थकलाई केही समय धैर्य रहन आग्रह गर्दै रविले भने, ‘म आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ । हस् सबैको जय होस् । मैले बोल्ने समय आउने छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा बोल्नुपर्नेछ । सबैजनालाई यो माया यो साथ यो विश्वास र यो अनभरत साथको लागि धेरै धेरै धन्यवाद दिन्छु । आज मैले यत्ति नै बोलेँ । फेरि बोल्ने दिन आउँदैछ । सबैको जय होस् ।’

रविको भनाइ जस्ताको तस्तै

‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । त्यसको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला । आजलाई म यत्तिमात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी नै छ । म आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ ।

हस् सबैको जय होस् । मैले बोल्ने समय आउने छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा बोल्नुपर्नेछ ।(बीचमा समर्थकले थोरै बोल्नुपर्छ भनेका थिए ।) सबैजनालाई यो माया यो साथ यो विश्वास र यो अनभरत साथको लागि धेरै धेरै धन्यवाद दिन्छु । आज मैले यत्ति नै बोलेँ । फेरि बोल्ने दिन आउँदैछ । सबैको जय होस् ।’

प्रकाशित: ४ पुस २०८२ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App