राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।
शुक्रबार रिहा भएका लामिछाने शनिबार काठमाडौं ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले बाजागाजासहित भव्य स्वागत गरे।
चितवनमा आयोजित सभालाई सम्बोधन गरेर राजधानी फर्किएका लामिछानेलाई स्वागत गर्न विमानस्थल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो।
समर्थकहरूले पञ्चेबाजा बजाएर र नाचगान गर्दै लामिछानेको स्वागत गरेका हुन्।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक









प्रकाशित: ५ पुस २०८२ १६:४९ शनिबार





