१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

रवि लामिछाने आजै छुट्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजै छुट्ने भएका छन् । थुनामुक्त हुन लामिछाने बुटबल पुग्दैछन् ।

आज शुक्रबार र कार्यालय समय भएपनि सबै प्रक्रिया पूरा गरी रविलाई जेलमुक्त गराइने तयारी भएको छ ।  

पार्टीका एक सदस्यले भने, ‘सभापति जीको आजै रिहा हुन्छ । उहाँ जेलमुक्त हुनुहुनेछ । त्यसको प्रक्रिया जारी छ । कागजी प्रक्रिया सबै मिलाइएको छ । आजै साँझ सभापति पुगेर हस्ताक्षर गरेपछि जेलमुक्त गराइने छ।’

थुनामुक्तको प्रक्रिया पूरा गर्न उनी बिहानै काठमाडौंबाट हवाई मार्ग हुँदै भैरहवा विमानस्थल जान हिँडेका थिए। तर, उताको आकाश नखुलेपछि उनी हवाई मार्ग हुँदै भरतपुर पुगेका हुन्।  

त्यहाँबाट सडक मार्ग हुँदै उनी रुपेन्देही जाने क्रममा छन्। बिहीबार उच्च अदालत तुलसीपुर इजलास कार्यालय बुटवलले उनलाई बिगो बराबरको धरौटी स्वीकार गरेर थुनामुक्तको आदेश दिएको थियो।

प्रकाशित: ४ पुस २०८२ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App