१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

रवि लामिछाने दिल्ली प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार उनी दिल्ली प्रस्थान गरेका हुन्।

लामिछानेसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत गएका छन्।

भारतमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ। यस भ्रमणको उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–स्तरीय संवाद सुरु गर्नु र संगठनात्मक कार्यप्रणाली, लोकतान्त्रिक प्रक्रियाहरू र जनता–केन्द्रित राजनीतिक पहुँच जस्ता मुद्दाहरूमा छलफल गर्नु भएको भाजपाले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको विवादित अभिव्यक्तिबिच लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। पाँच दिने भ्रमण सकेर उनी जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App