२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय मुक्ति पार्टीले चयन गर्‍यो ३१ पदाधिकारी, तीन वरिष्ठसहित ७ जना उपाध्यक्ष

तस्बिर : राष्ट्रिय मुक्ति पार्टी नेपाल/फेसबुक

राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ। अध्यक्ष महतोले विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति र केन्द्रीय निकायका पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिएका हुन्।  

सो पार्टीले अध्यक्ष महतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता, सात उपमहासचिव र सात सचिव चयन गरेको छ। त्यसैगरी केन्द्रीय अनुशासन, निर्वाचन, लेखापरीक्षण र विज्ञ समितिका अध्यक्ष र सदस्य पनि चयन गरेको छ।  

वरिष्ठ उपाध्यक्षमा मलाकुमारी गुरुङ, रामनरेश राय यादव, सुमन सायमी र उपाध्यक्षमा कौसलकुमार सिंह, डा. राजीवकुमार झा, राजेन्द्रप्रसाद पाठक र ओमप्रकाश यादव छन्। त्यसैगरी महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार महतो र अनिलकुमार महासेठ छन् भने कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य चयन भएको विज्ञप्तिमार्फत जनाइएको छ।

May be an image of text
May be an image of blueprint and text

प्रकाशित: २१ श्रावण २०८२ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App