सुनसरी क्षेत्र नं. ३ रास्पाका उम्मेदवार अशोक चौधरीले पुराना दलका नेतालाई भारी मतले पछि पार्दै अग्रता कायम गरेका छन्।
पछिल्लो मत परिणम अनुसार उनले २७ हजार ८५ मत प्राप्त गरेका छन्। यस्तै, काँग्रेसका विजयकुमार गच्छदारले दस हजार ३६४ र एमालेकी भगवती चौधरीले आठ हजार १२४ मत ल्याएकी छन्।
यस निर्वाचन क्षेत्रबाट २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ १२:२७ शनिबार





