२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : महामन्त्रीमा ८ जनाको उम्मेदवारी

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

पार्टीको निर्वाचन आयोग अनुसार अन्तिम नामावलीअनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य महामन्त्री पदका उम्मेदवार रहेका छन्। 

रास्वपाले पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढाएको हो। रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन्।

निवर्तमान महामन्त्री रहेका बुर्लाकोटीले मैदान छोडेका हुन्।  

प्रकाशित: १२ असार २०८३ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App