राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
प्रदेशका तीन जिल्ला चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकमा स्थगित भएको छ।
रास्वपा काठमाडौंको सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। यस्तै, भक्तपुरमा रामेश्वर बस्नेत, धादिङमा राजन अर्याल, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल र नुवाकोटमा रामेश्वर गजुरेल निर्वाचित भएका छन्।
त्यसैगरी सिन्धुलीको सभापतिमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत र मकवानपुरमा सन्जिव पाठक निर्वाचित भएका प्रवक्ता भनिष झाले जानकारी दिए।
प्रकाशित: २४ जेष्ठ २०८३ ११:४३ आइतबार





