४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको आरोप- प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. चन्दा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर जनता दिग्भ्रमित भएको आरोप लगाएकी छन्। बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले प्रतिनिधिसभा बैठकको प्रधानमन्त्री ओलीको भाषण सुनेर जनता दिग्भ्रमित भएको आरोप लगाएकी हुन्।

'हिजो प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भएका छन्। उहाँहरूले नै भन्नुभएको थियो केही दिनअघि- हामीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौँ र निर्णय बफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने भन्नुभएको छ,' उनले भने।

यस्तै कार्कीले गृहमन्त्री रमेश लेखकको नैतिकतामाथि प्रश्न उठाए। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको उदाहरण दिँदै कार्कीले भनिन्, 'गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन। मानव तस्करीको कुरा मात्रै होइन, न्यायालयमा उहाँको हस्तक्षेपबारे पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको स्पष्ट कुरा सार्वजिनक भइसकेको छ।' 

प्रकाशित: २९ श्रावण २०८२ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App