३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपालक्षित सिके राउतको आक्रोश: ठग्ने पनि हद हुन्छ, पहिला २१ सिट जितेर के गरे?

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई लक्षित गर्दै पहिला २१ सिट जितेर के गरे? भन्ने कुराको जनताले मूल्यांकन गर्नुपर्ने बताएका छन्। शनिबार फेसबुकमा अभिव्यक्ति सार्वजनिक गर्दै राउतले यस्तो बताएका हुन्।

‘नयाँ पार्टी रे ! अब गर्ने रे ! ठग्ने पनि हद हुन्छ,’ राउतले लेखेका छन्,‘पहिला २१ सिट जितेर के गरे? पहिला जनताले त्यसको मूल्यांकन गर्नुपर्छ।’ 

जनमत संलग्न सरकारले नागरिकता विधेयक ल्याउँदै गर्दा रास्वपा विरोधमा उत्रिएको पनि राउतले स्मरण गरेका छन्। ‘हामीले संसद्मा मधेसी, मुस्लिम, दलित आदिको लागि नागरिकता विधेयक ल्याइरहँदा उनीहरूले सदन अवरुद्ध गर्दै विरोध गर्दै आएका थिए। सङ्घीयता खारेज हुनुपर्छ भन्ने निर्णय केन्द्रीय समिति र संसदीय दलबाट पारित गरेका थिए,’ राउतले अगाडि लेखेका छन्। 

मधेसीलाई भारतीय देख्दै नागरिकता दिनुहुन्न र मधेसीलाई अधिकार दिनुहुन्न भन्ने मानसिकता पाल्नेहरूलाई मधेसले परास्त गर्ने उनले बताएका छन्। 

प्रकाशित: १७ माघ २०८२ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App