३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रामहरि खतिवडा अब सार्वजनिक सुनुवाइ समितिको सभापति !

सांसद रामहरि खतिवडा । फाइल तस्बिर

अहिले रामहरि खतिवडाको चर्चा फेरि संसदीय समिति मै भन्ने हुन थालेको छ । यो चर्चाको सुरुवात शुक्रबारको प्रतिनिधि सभा बैठकबाट भयो ।  

प्रतिनिधि सभाले संसदीय सुनुवाइ समिति सदस्यमा राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका कांग्रेसका सांसद खतिवडाको नाम अनुमोदन गरेको छ ।

सार्वजनिक सुनुवाइ समितिकी अध्यक्ष कांग्रेसकै सांसद ईश्वरीदेवी न्यौपानेले यो समितिबाट राजीनामा दिँदै राज्य व्यवस्था समितिमा निर्वाचित भएपछि खतिवडालाई सार्वजनिक सुनुवाइ समितिमा अनुमोदन गर्नुले यो प्रश्न उठ्नु स्वभाविक पनि हो ।  

एउटा समितिको काममा कमजोरी देखिएपछि नैतिकताको हिसाब राजीनामा दिएका खतिवडालाई प्रतिनिधि सभाले नै किन कुलिङ पिरियड राखेन होला ? अर्थात राजीनामा दिएको निश्चित अवधि नै नपुगी अर्को समितिको नेतृत्वका लागि किन हतार गरेको होला ? 

सामाजिक सञ्जालमा प्रश्न छन्: कुलिङ पिरियडको छेडखानी झेलेका रामहरिलाई नै कुलिङ पिरियडको विषय किन नसम्झिएको ?

प्रकाशित: १३ भाद्र २०८२ २०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App