२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

राजभण्डारीले भने- भूगोल र कार्यकर्ताको भावना समेट्न उम्मेदवारी दिएँ

नेकपा एमालेको ११औं महाधिवेशनमा कोशी प्रदेशबाट नेता बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी दिएका छन्।

आफूले सधैँ भूगोलमा रहेर काम गरेकाले त्यसकै प्रतिनिधित्व स्वरूप उम्मेदवारी दिएको उनले बताएका छन्।

नागरिकन्युजसँग कुराकानी गर्दै राजभण्डारीले भौगोलिक दूरीका हिसाबले राजधानीबाट टाढा रहेको सोलुखुम्बु र त्यहाँका कार्यकर्ताको भावनाको प्रतिनिधित्व पार्टीको केन्द्रीय तहमा आवश्यक रहेको औंल्याए।

‘म सधैँ जनतासँग बसेर उनीहरूको भावना, कार्यकर्ताको मनोविज्ञान र विकास निर्माणसँग जोडिएर काम गरेँ। जसले गर्दा ग्रामीण कार्यकर्ताको मनोविज्ञान लिएर पार्टी केन्द्रमा प्रतिनिधित्व गर्न खोजिरहेको छु।’ उनले सुनाए।

सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने राजभण्डारी लामो समयदेखि भूगोलको राजनीतिमा सक्रिय छन्। उनी जिल्लामा समन्वयकारी भूमिका निर्वाह गर्ने नेताका रूपमा समेत परिचित छन्।

प्रकाशित: १ पुस २०८२ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App