१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मिस्रीको 'लञ्च बैठक' मा राई छुटे

भारतीय विदेशसचिव विक्रम मिश्रीले मधेशी मोर्चाका नेताहरूसँग सामूहिक भेट गर्दै छन्। उक्त भेटमा अशोक राईको समाजवादी पार्टी (जसपा)लाई छुटाइएको छ। राईको यो पार्टीलाई के कति कारणले लञ्च बैठकमा सहभागी गराइएन भनेर खुलाइएको छैन।

आज मध्याह्न १२ः३० बजे मिश्रीसँगको लञ्च बैठकमा मधेशी मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरी सहभागी हुँदै छन्। भेटघाटको नियमति कार्यतालिका नभए पनि मधेशी मोर्चाका नेताहरूसँगको लञ्च मिटिङ हुने भएको हो। यसपछि दिउँसो २ः३० बजे विदेश सचिव दिल्ली फर्किंदै छन्।

प्रकाशित: २ भाद्र २०८२ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App