नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी पुस्तालाई राजनीतिमा आएर राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सुझाएका छन् ।
नागरिक दैनिकको कार्यक्रम नागरिक फन्टलाइनमा कुराकानी गर्दै उनले अब जेन-जीले देशको राजनीति सुधारका लागि राजनीतिमा आउनै पर्ने बताए । उनले भने, ‘जेन-जी भनेका पवित्र मन भएका हाम्रा भाइबहिनी/छोराछोरीहरू हुन् । उनीहरूले उठाएका माग सही छन् । अब उनीहरूले राजनीति सुधारको काम गर्नुपर्छ । कि उनीहरूलाई मन परेको पार्टीमा जोइन गर्ने र पार्टीलाई सुधार गर्दै समग्र प्रणाली सुधारमा जुट्ने । कि आफ्नै पार्टी खोल्ने । यी दुई विकल्पमा काम गर्नुपर्छ ।’
उनले भने, ‘अहिले त आँधी जस्तो हड्याङ हुडुङ आयो । के कति क्षति गर्यो गयो । यसले निकास दिँदैन ।’
प्रकाशित: ६ आश्विन २०८२ १५:५० सोमबार





