श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका छन्।
१९ सय प्रहरी खटाएर गरिब नेपाली सुकुम्बासीलाई कुल्चल पठाउने रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो भन्दै प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत उक्त प्रश्न गरे।
'१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुम्बासीलाई कुल्चल पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो?' हर्कले लेखेका छन्, 'कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ?'
सरकारले आज (आइतबार) पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएका छन्। सो क्रममा १९ सय प्रहरी मनोहरा खोलामा रहेका सुकुम्बासी बस्ती हटाउन खटाएको भन्दै समाचार आएपछि उनले यस्तो बताएका हुन्।
प्रकाशित: १३ वैशाख २०८३ १३:३८ आइतबार





