२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कविन्द्र बुर्लाकोटीको प्रश्नः प्रतिपक्षी दलले प्रधानमन्त्रीको अनुहार हेर्न खोजेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि टेबल गर्न दिने तर छलफल हुन नदिने प्रतिपक्षी दलको परिपार्टी ठिक नभएको बताएका छन्।  

प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठक पनि प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोल्दै बुर्लाकोटीले विगतका खराब कुराहरु भत्काउँदै नयाँ युगको सुरुवात गर्न रास्वपा आएको बताए। 

उनले भने, 'प्रतिनिधि सभाको पुरानो नियमावलीमा छलफलमा प्रधानमन्त्री नै उपस्थित हुनु पर्ने व्यवस्था छैन । कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नका लागि हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानु पर्छ । हैन भने टेबुल भइसकेको कुरा छलफलमा जानु हँदैन भन्ने छैन।'  

बुर्लाकोटीले जनताले धेरै आशा गरेर आफूहरुलाई सदनमा पठाएकाले छलफललाई अघि बढाउन सभामुखसँग आग्रह गरे। 

प्रकाशित: ३० वैशाख २०८३ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App