१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्णबहादुर खड्काको प्रस्तावः कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफै १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।  

पार्टी सभापति शेरबहादुर देउवाको सक्रियतामा सबै पक्षका नेतासँग भएको छलफल र संवादपछि कार्यवाहक सभापति खड्काले बैठकमा आफै कार्यतालिका  प्रस्तुत गरेका हुन्।  

बैठकले यसै महिनाभित्र नयाँ क्रियाशील सदस्यता वितरणको पनि प्रस्ताव राखिएको छ। जसमा मंसिर २० गतेसम्म केन्द्रबाट जिल्लामा सदस्यता फाराम पठाइसक्ने र मंसिर २४ गतेसम्म वडामा फाराम पुगाउनेगरी कार्यतालिका प्रस्ताव गरिएको छ।

प्रकाशित: १५ मंसिर २०८२ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App