कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीद्वारा आज झुम्कामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। उनले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरी सरकारले ऐतिहासिक काम गरेको स्मरण गराए।
मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको बताए।
बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। कार्कीले भने, ‘नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका हुन्। विविधताबीचको एकता नै नेपालीको समृद्धिको मूल आधार हो।’
प्रकाशित: १७ कार्तिक २०८३ १६:५४ मंगलबार


-600x400.jpg)


