१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक बस्दै, सञ्चार विधेक पेस नहुने

फाइल तस्बिर

कोशी प्रदेशसभा बैठक आज साढे ११ बस्ने भएको छ।

प्रदेश सभाको आजको कार्यसूचीमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक निर्णयार्थ पेस नहुने भएको छ। आजको कार्यसूचीमा प्रदेश तथ्यांक व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक निर्णयार्थ पेस हुने भएको छ।

यसअघि आजको बैठकमा प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक पेस गर्ने तयारी थियो। आमसञ्चार विधेकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै पत्रकारहरू विरोधमा उत्रिएपछि तत्काललाई विधेक रोकिएकाे हाे।

गत माघ १८ गते प्रदेश सभामा दर्ता भएर पेस गरिएको विधेक विधान समितिमा छलफलपछि प्रतिवेदन समेत प्रदेश सभामा प्रस्तुत भइसकेको छ।

प्रकाशित: १३ भाद्र २०८२ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App